
नवलपरासी पूर्व । को गैँडाकोट नगरपालिकाले गैँडाकोट–१८ को बसेनी गाउँमा चिया खेतीको सुरुवात गरेको छ।
नगरपालिकाले यो पहाडी क्षेत्रको हावापानी चिया खेतीका लागि उपयुक्त रहेको भन्दै परीक्षणका रूपमा सात हजार ५०० चियाका बिरुवा लगाएको छ।
गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले बसेनीलाई भविष्यमा पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना रहेको बताए। नगर उपप्रमुख शान्ति कोइरालाले यो परीक्षण सफल भएमा खेती विस्तार गर्ने बताइन्। कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माका अनुसार यो चिया खेती मुख्यतया पर्यटकलाई आकर्षित गर्न र इलाम जाने पर्यटकलाई गैँडाकोटमै भित्र्याउनका लागि सुरु गरिएको हो।
अहिले सुरु गरिएको चिया खेतीबाट दुई वर्षभित्र उत्पादन सुरु हुने अपेक्षा गरिएको छ। उत्पादनपछि यो चियालाई स्थानीय उत्पादनका रूपमा पर्यटकहरूलाई मायाको चिनो दिनका लागि ब्रान्डिङ गरिने योजना छ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर