
सिओल । उत्तर कोरियाले सीमापार प्रचार प्रसारका लागि प्रयोग गरिएका केही ठूलो स्पीकरहरू हटाउन थालेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो कदम हालै निर्वाचित दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगको पहलप्रति सकारात्मक प्रतिक्रिया जस्तो देखिन्छ। राष्ट्रपति लीले चुनावी अभियानमै अन्तर–कोरियाली सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।
दक्षिण कोरियाले यसै साताको सुरुमा आफ्ना केही ठूलो स्पीकरहरू भत्काएको थियो। राष्ट्रपति लीले जुन महिनामा पदभार सम्हालेलगत्तै, असैन्य क्षेत्र नजिकको प्रसारण बन्द गराएका थिए । जसपछि उत्तरले पनि सोही शैलीमा प्रतिक्रिया दिएको हो। अघिल्ला दिनमा दक्षिण कोरियाले प्रसारणमार्फत के–पप गीत र समाचार पठाउने गथ्र्यो भने उत्तर कोरियाले बाघ, स्यालजस्ता जनावरको गर्जनसहितका डर लाग्दा ध्वनि बजाउँथ्यो।
शनिबार जारी विज्ञप्तिमा दक्षिण कोरियाली सेनाले भन्यो, ‘आज बिहानदेखि केही मोर्चा क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूलाई ठूलो स्पीकरहरू हटाउँदै गरेको देखिएको छ।’ यी उपकरणहरू सम्पूर्ण क्षेत्रमा हटाइएका छन् कि छैनन् भन्ने कुरा अझै पुष्टि हुन बाँकी छ। यससम्बन्धी गतिविधि निरन्तर अनुगमन गरिनेछ।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम