
ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।
झापाका लागि खेलको ७७औं मिनेटमा सविनकुमार लुङ्गेलीले पहिलो गोल गरेका थिए। यस्तै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत झापाकै सविनले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी (भारत) र चर्च ब्वाइज ललितपुरबीच खेल हुने छ ।
शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन