
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सन्तानलाई आमाको स्वघोषणाको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने लक्ष्यका साथ नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ मा यस विषयलाई समेटिएको जानकारी दिए। गृहमन्त्री लेखकले आमा नै सन्तानकी पहिलो संरक्षक हुने भएकाले नागरिकता प्राप्तिको जिम्मेवारी आमालाई दिइएको बताए। उनका अनुसार,बुबाको पहिचान नभएको वा जानकारी दिन नसक्ने अवस्थामा आमा स्वयंले स्वघोषणा गरेमा त्यसको आधारमा सन्तानले नेपाली नागरिकता पाउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।
उनले आमाको स्वघोषणा गलत प्रमाणित भएमा नागरिकता प्रक्रिया विरुद्ध कारबाही हुने र सजायको व्यवस्था पनि विधेयकमा समेटिएको स्पष्ट पारे। सांसदहरूद्वारा उठाइएको आमाको थरबाट नागरिकता लिँदा सम्पत्ति सम्बन्धी अधिकारमा असर पर्न सक्ने आशंकामा मन्त्री लेखकले यसले पैतृक सम्पत्तिमा अधिकार गुम्नुपर्ने अवस्था नआउने विश्वास दिलाए । ब्रिटिस गोर्खाका सन्तानको नागरिकता विषयमा भने उनले यसलाई संवेदनशील भन्दै संविधान संशोधन आवश्यक हुनसक्ने धारणा व्यक्त गरे। साथै,अंगीकृत नागरिकताको सन्दर्भमा, पहिले बाबुको नागरिकता नलिएको भन्ने प्रमाणसहित स्वघोषणा गर्ने प्रावधान थियो भने अब आमाले समेत सोही ढंगले स्वघोषणा गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको जानकारी उनले दिए।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण