
काठमाडौं । एनएमबि बैंक लिमिटेडको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा ४६.२२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ३ अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो।
वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी पनि २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपैयाँमा पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ६४.४६ प्रतिशतले उकालो लागेको छ। इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेकोले मुनाफामा थप सकारात्मक प्रभाव परेको हो।
असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा पुगेको छ। नाफासँगै प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६६ पैसाले बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। गत वर्षको अन्त्यसम्म मूल्य–आम्दानी अनुपात १५.१० गुणा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ।












समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश