
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २६.२२ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । आज बजारमा ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ९१ करोडको कारोबार भएको हो।
आज सबैभन्दा ठूलो गिरावट लघुवित्त समूहमा देखिएको छ, जसको सूचकांक १.५८ प्रतिशतले घट्यो। त्यस्तै, फाइनान्स समूह १.२५ प्रतिशत, जलविद्युत समूह १.१७ प्रतिशत, वाणिज्य बैंक समूह ०.९१ प्रतिशत र विकास बैंक समूह ०.५८ प्रतिशतले घटेका छन् । आज २४ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि २२५ कम्पनीको मूल्यमा गिरावट आयो। आज नेपाल रिइन्स्योरेन्सको कारोबार २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ। हिमालयन रिइन्स्योरेन्सको कारोबार २३ करोड ९६ लाख रुपैयाँ भयो। यसदिन सिटी होटलको सेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व