
काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम बुधबार समेत निरन्तर रह्यो । १०.५० अकंले घटेको बजार २७८५.७४ बिन्दुमा झरेको छ । आज ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोडको कारोबार भएको हो ।
आज बजारमा ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ । बुधबार ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने १५९ कम्पनीको घटेको हो ।
आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व