आरआरए क्रिकेट उपाधि डिएभीलाई

काठमाडौं । डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिए ।
जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । एलआरआईका अभीले ६ रन जोडे । प्रसिद्ध जैसीले ३ तथा कमल शाहीले २ विकेट लिए । विजेताले ३० हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए । एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बने । विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १५ टोलझले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार