
काठमाडौं, नेपाल – हिमालको काखमा बसोबास गर्ने शेर्पा समुदायको जीवन, संघर्ष र गौरवपूर्ण कथा बोकेको नेपाली कथानक चलचित्र शेर्वा ‘ द लाइफ अफ हिमालय’ सन् २०२६ मा विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।
शेर्पा फिल्मस्को प्रस्तुति तथा ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण हुँदै गरेको यो चलचित्रमा हिमालका खास नायक शेर्पाहरुको जीवन यात्रामा आधारित छ । चलचित्रले शेर्पा समुदायको अद्भुत सहनशीलता, सांस्कृतिक सम्पदा र विश्वको सर्वोच्च शिखरहरू चढाउने क्रममा भोग्नुपरेको त्याग तथा बलिदानलाई चित्रण गर्ने छ ।
चलचित्रलाई कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् । चलचित्रको कथा कर्मा शेर्पाले लेखेका हुन । आफै पनि शेर्पा समुदायको भएका कारण पनि शेर्पाहरुको भोगाई, जीवनशैली लगायतलाई निकै नजिकबाट बुझेको कर्मा बताउँछन् । चलचित्रमा सुमन गजमेरको पटकथा, रञ्जित श्रेष्ठको छायांकन, अटल राईको संगीत संयोजन तथा सचिन राईको गायनले चलचित्रलाई सशक्त बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार यो चलचित्रमा एक प्रमुख कलाकारको रूपमा चर्चित अभिनेता बुद्धि तामाङको पनि अभिनय रहनेछ । विविध भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गर्दै आएका तामाङ समेत चलचित्रमा संलग्न भएपछि शेर्वाको कलाकारको लाइनअप मजबुत बन्नेमा निर्माण पक्ष विश्वस्त देखिन्छ ।
अन्य प्रमुख भूमिकाहरू भने देशव्यापी अडिसन तथा कास्टिङ कलमार्फत चयन गरिनेछ । यसरी कलाकार छनोट गरिदाँ हिमाली समाजको वास्तविक प्रतिनिधित्व र नयाँ प्रतिभाहरूले समेत अवसर पाउने निर्माण पक्षले जनाएको छ ।
हाल पूर्व–निर्माणको चरणमा रहेको यस चलचित्रलाई विभिन्न फिल्म फेस्टिभलहरुमा समेत सहभागी गराउने योजना समेत निर्माण टिमले लिएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा