
काठमाडौं । ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी अभिनित बलिउड फिल्म ‘वार २’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ । यी दुईजनाको भीडन्त प्रस्तुत गर्दै ट्रेलरमा विस्फोटक एक्सन, रोमान्स र दुई बीचको तीखो संवाद प्रस्तुत गरिएको छ, आउँदै गरेको जासूसी कथाको झलक दिन्छ ।
यो फिल्म यशराज फिल्म्सको ‘जासूसी ब्रम्हाण्ड’को नयाँ श्रृंखला हो । दुई मिनेट पैंतीस सेकेन्डको ट्रेलर रोमाञ्चक स्टन्ट, अद्भुत एक्सन दृश्य र जबरदस्त नाटकले भरिएको छ । ट्रेलर ऋतिकको आवाजबाट सुरु हुन्छ, जसले आफ्नो जागिर, नाम र पहिचान समेत त्यागेर छाया बन्ने वाचा गर्छन् । यसमा एउटा संस्कृति श्लोक पनि छ– कर्मण्येवाधिकारस्ते मा फलेषु कदचन’।
यो भागवत गीताको एउटा श्लोक हो जसको अर्थ हो ‘तपाईंलाई आफ्नो कर्तव्य मात्र गर्ने अधिकार छ, फलमाथि कहिल्यै होइन ।’ यो फिल्म सन् २०१९ को एक्सन ब्लकबस्टर ’वार’को सिक्वेल हो । अयान मुखर्जीको फिल्मले दुई शक्तिशाली स्टारलाई एकसाथ ल्याउँछ । ऋतिक कबीरको भूमिकामा देखिएका छन् भने एनटीआर अर्का लडाकुको भूमिकामा देखिएका छन् । यो फिल्म साउन ३० गते (१५ अगस्ट)मा प्रदर्शन हुनेछ ।













समाचार
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज