कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । विशेषतः मर्मश्पर्शी गीत सिर्जनामा जमेका पन्तले यसपटक डान्सिङ बिटको रमाइलो गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा चर्चित गायिका प्रिती आलेले स्वर दिएकी छिन् । रमेश सेन्चुरीले म्यूजिक एरेन्ज गरेका हुन् । मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् ।

उक्त गीतमा गायिका प्रिति आलेले स्वर र अभिनय रहेको छ । गीत सुन्दा जति जोशिलो छ, प्रिति आलेले गीतको भावअनुसारकै जीवन्त र लोभलाग्दो नृत्य प्रस्तुत गरेकी छन् । स्मृती तिमिल्सिना ‘गुरुआमा’को निर्देशन र कोरियोग्राफीमा रहेको भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले एसिस्टेन्ट कोरियोग्राफीको भूमिका निर्वाह गरेका छन् । करण चैसिरले छायांकन गरेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

मनका अनेकौँ सङ्घर्ष, समस्या र मानसिक तनावलाई भुलेर केही पल भए पनि मन खोलेर हाँस्नुपर्छ र नाच्नुपर्छ भन्ने सकारात्मक तथा ऊर्जावान् सन्देश गीतले बोकेको छ । गीत सार्वजनिक भएसँगै यसको टिकटक र फेसबुक रिल्समा निकै रुचाइएको छ । सजिलो र ठेट शब्द भएकाले पनि यो गीत हरेक उमेर समूहका दर्शकको रोजाइमा परेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट