
गत आर्थिक वर्ष २०८१/८२ मा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको पाइएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार, अघिल्लो वर्षमा ५०२ अर्ब ४९ करोडले बचतमा थियो । देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने विदेशी मुद्रा बढी भएकाले शोधनान्तर स्थिति लगातार बचतमा रहँदै आएको छ। चालु आवको पहिलो १० महिनामा पनि शोधनान्तर स्थिति सकारात्मक अर्थात् बचतमै रहेको तथ्यांकले देखाउँछ।
शोधनान्तर स्थिति अमेरिकी डलरमा ४ अर्ब ३७ करोडले बचतमा छ। जुन अघिल्लो वर्षको ३ अर्ब ७७ करोडले बचतमा थियो । चालु खाता पनि यस वर्ष ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष यो २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो। खुद पूँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ८१ करोडभन्दा बढी हो। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि १२ अर्ब २ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ४७ करोड मात्र थियो।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व