
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ अंकले घटेर ४७१.१९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर जबारमा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
आज सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल