काठमाडौं । इंग्लिस प्रिमियर लिगमा एभर्टनले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा एभर्टनले ब्राइटनलाई २–० गोलले पराजित गरेको हो । यस्तै गएरातिनै भएका अन्य दुई खेलहरु बराबरीमा सकिएका छन् ।
म्यान्चेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिंघम फरेस्टले समान १–१ गोलको बराबरी खेले । प्रिमियर लिगमा आज लिभरपुल र न्युक्यासल खेल्दैछन् । खेल नेपालीसमयअनुसार पौने १ बजे शुरु हुनेछ ।