
काठमाडौं । सरकारले आन्तरिक ऋण संकलनका लागि विकास ऋणपत्र जारी गर्ने तयारी गरेको छ । यस अन्तर्गत १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकमार्फत हालसम्म जारी भएका विकास ऋणपत्रको अवधिलाई हेर्ने हो भने ती ३ वर्षदेखि १५ वर्षसम्मका रहेका छन् । यसपटक भने ३ वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले सहभागी हुन पाउनेछन् । इच्छुकहरूले आगामी भदौ ११ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा भाग लिन सक्नेछन् । ऋणपत्रको सावाँ रकम भदौ १२ गते भुक्तानी हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक आधारमा हुने बताइएको छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिने र त्यसअनुसार ‘कट अफ’ ब्याजदर तोक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । कट अफ वा त्यसभन्दा तल ब्याजदर प्रस्ताव गर्ने सबैलाई एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन सकिने प्रावधान छ । यसपटक जारी हुने ऋणपत्रमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ बराबर छुट्याइएको छ । अप्रतिस्पर्धी पक्षबाट पूरा बोल नआए बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई उपलब्ध गराइनेछ । त्यस्तै, अप्रतिस्पर्धी बोलवालाबाट छुट्याइएको भन्दा बढी माग आएमा समानुपातिक ढंगले बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।
बोलकबोल प्रस्तुत गर्दा न्यूनतम ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासन रकमभित्र ५० हजारको गुणकमा मात्र प्रस्ताव पेश गर्नुपर्नेछ । व्यक्ति वा संस्थाले प्रतिष्पर्धी वा अप्रतिस्पर्धी दुवैमा एकैसाथ भाग लिन भने पाउने छैनन् । त्यस्तै, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले अप्रतिस्पर्धीको रुपमा बोलकबोल गर्न नपाउने व्यवस्था गरिएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना