
काठमाडौं । नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । करिब ५० वर्षपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा दोस्रो राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय भएको हो । छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा चिनिने भएको छ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९०६ वर्गकिलोमिटर भू–भागलाई छुट्याएर छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो ।
स्थानीय बासिन्दाले कामको सिलसिलामा शे–फोक्सुण्डो निकुञ्ज आउजाउ गर्दा पैदलमार्गबाट एक साता समय खर्चिनुपर्ने समस्या समाधान गर्न मन्त्री शाहीले पहल गरेको जानकारी मन्त्री शाहीको सचिवालयले दिएको छ । मुगुम कार्मारोङ गाउँपालिकाले पनि सो भू–भागलाई छुट्याएर नयाँ निकुञ्ज बनाउन माग गर्दै आएको थियो। उक्त निकुञ्ज गाउँपालिकाको वडा नं. १ मा पर्नेछ । यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या अब १३ पुगेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह