
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् । ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त रुपमा आयोजना गरेको महा जलजात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहरीकरण तीव्र रुपमा बढेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने बताएका हुन् ।
‘बागमती नदी वर्षात्को समयमा बगे पनि सुक्खा समयमा निकै दुर्घन्धित हुने हुँदा यस्तो समस्याको समाधन गर्ने प्रयास सरकारको तर्फबाट भइरहेको छ,’ उनले भने । बागमती नदी सफा राख्न र बागती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सधँै सक्रिय रुपमा लागेकामा उपप्रधानमन्त्री सिंहले खुसी व्यक्त गरे । ‘बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालय सहकार्य गर्न चाहन्छ,’ उलने भने ।
उपप्रधानमन्त्री सिंहले बागमती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको बागमती नदीलाई दुर्घन्धरहित र हरियाली बनाउन सरकारले प्रयास गरिरहेको बताए । ‘तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्घन्धित अवस्थामा रहेको बागमती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागिपरेको छ,’ उलने भने ।
ललितपुरको बागमती नदी करिडोरमा आयोजित बागमती नदी महोत्सव (२१ औँ शताब्दीको महोत्स्व) महा—जल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, बागमती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन् ।









समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने