
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विधान संशोधन गरी संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । नाडाको २१औं केन्द्रीय कार्यसमितिको भदौ ८ गते बसेको बैठकले यो निर्णय गरेको हो ।
विशेष साधारण सभा भदौ २४ गते मंगलबार बिहान ११ बजे ललितपुरको द प्लाजा, झम्सिखेलमा हुनेछ । लामो समयदेखि नाडालाई राष्ट्रिय स्तरको संस्था बनाउने सदस्यहरूको चाहनालाई मूर्तरूप दिन यो निर्णय गरिएको नाडाले जनाएको छ ।
विधान संशोधनको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा ल्याउन सबै सदस्यहरूको उपस्थिति निर्णायक हुने भन्दै नाडाले हार्दिक अनुरोध गरेको छ । यस कदमले आफ्ना सदस्यहरूको हकहितको संरक्षणमा समेत सहयोग पुग्ने विश्वास नाडाले लिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै