
कास्की । विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
उक्त प्रतियोगितामा स्वदेश तथा विदेशबाट गरी ६० भन्दा बढी गल्फरहरूको सहभागिता रहने आयोजक संस्था मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिइन् । उनका अनुसार यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । गत वर्षसम्म नौ होलमा सीमित प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ । प्रतियोगिताका विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिने छ ।
यसैगरी ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई पुरस्कार स्वरूप घोडा दिइने प्रबन्ध निर्देशक विष्टले बताइन् । यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो हुने उनको भनाइ छ । प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइने छ । जसअन्तर्गत विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’, र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी यसवर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुने विष्टले बताइन् । “मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ । यसबारेमा विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्दैछौँ”, प्रबन्ध निर्देशक विष्टले भनिन् । खेलसँगै स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू प्रतियोगिता अवधिभर प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु १० देखि रु १२ लाख खर्च हुने अनुमान गरिएको छ ।












समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै