काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन १२ अंकले घटेको बजार १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६९ अंकले घटेर ४७३.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबै १३ वटैको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १० करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।