शेर्पा जाति बारे लेखिएको पुस्तकमा भएका त्रुटि सच्याउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा उपाध्यक्ष रेशम गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउने बुझाइएको छ । केही दिन अघि सार्वजनिक गरिएको पुस्तकमा शेर्पा जातीको विषयमा गलत जानकारी दिएको भन्दै शेर्पाहरुका विभिन्न संघ संस्थाहरुले विरोध गरिरहेका छन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नियतवस नभएपनि प्रस्तुत सामाग्रीले शेर्पा समुदायमा पर्न गएको आघातप्रति सम्पादक र प्रकाशकबाट दुःख व्यक्त गरेको बताइएको छ । त्यस्तै गल्ती सच्चाउन पुस्तकलाई तत्काल विक्रि वितरण रोक्ने ।
प्रतिष्ठानको तर्फबाट सम्पादक, शेर्पा संघको आधिकारिक प्रतिनिधि र लेखिका समेतको सहयोगमा गल्ती भएको पृष्ठलाई सच्याई पुनः प्रकाशन गर्ने तथा बिक्रि वितरण भएको पुस्तक सम्भव भएसम्म संकलन गरि त्यसमा पनि सम्पादन गर्ने सहमति भएको जनाइएको छ ।
त्यस्तै अब हुने प्रकाशनमा शेर्पा समुदायको आधिकारिक संस्था नेपाल शेर्पा संघले खोज अनुसन्धान वा कुनै माध्यमबाट आधिकारिक रुपमा पठाएको लेखलाई मात्र प्रकाशन गर्ने ।
राष्ट्रिय प्रतिष्ठानतर्फबाट हाल समावेश भएका अनावश्यक शब्दहरु आगामी अंकमा सच्याउने, अनलाइनमा तथा ईकपिमा तत्काल सच्याउने र ज्ञानकोशका बाँकी प्रकाशनमा नेपाल शेर्पा संघ र शेर्पाविज्ञसँग पर्याप्त छलफल गरेर तयार गर्ने ।