काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने अन्तिम दिन आज रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर बिक्री खुला गरेको हो ।
लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ती संस्थाले तोकेको शाखामार्फत दिन सकिन्छ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि सजिलै आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ । बुङ्गल हाइड्रोले यसअघि असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ ।