काठमाडौं । लगातार दोस्रो हारपछि नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । नेपाललाई शनिबार सिरियाले ४–२ ले पराजित गरेको हो । ताजिकिस्तानमा भएको खेलमा नेपाल विरुद्ध सिरियाले २५ औं मिनेटमा अग्रता बनायो । मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको कमजोरी गोल गरे । पहिलो हाफ १–० को नतिजामा सकियो ।
दोस्रो आफको १० मिनेटभित्र नेपालले २ गोल गर्यो । खेलको ५६ औं मिनेटमा निराजन धामीको गोलमा नेपालले खेललाई १–१ को बराबरीमा पुर्यायो । खेलको ५६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गरे । यो सँगै नेपालले सिरिया विरुद्ध २–१ को अग्रता बनायो। निराजन र सुमित दुवै राष्ट्रिय टोलीका पनि सदस्य हुन् । तर नेपालले यो अग्रता जिगाउन सकेन ।
७७ औं मिनेटमा अलि अलरिनाको गोलमा सिरयाले खेललाई २–२ को बराबरीमा पुर्यायो । यसपछि ८१ औं मिनेटमा कप्तान मोहमाउद अलस्वादको गोलमा सिरियाले फेरि खेलमा ३–२ को अग्रता बनायो । यसअघि मोहमाउद नायफले अर्को गोल थप्दा सिरियाले नेपाल विरुद्ध ४–२ को जित निकाल्यो । सिरियाको यो दोस्रो जित हो । उसले ६ अंक बनाएको छ । उसले यसअघि पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो । नेपाल पहिलो खेलमा पनि घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।
सन् २०२६ को साउदी अरेबियामा हुने यु–२३ एसियन कप छनोटको लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गरेका छन् । ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ४ टोली रहेका छन् । प्रत्येक समूहको विजेता एसियन कपमा छनोट हुनेछ । साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछ । साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भैसकेको छ । एसियन कपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।