
काठमाडौं । लगातार दोस्रो हारपछि नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । नेपाललाई शनिबार सिरियाले ४–२ ले पराजित गरेको हो । ताजिकिस्तानमा भएको खेलमा नेपाल विरुद्ध सिरियाले २५ औं मिनेटमा अग्रता बनायो । मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको कमजोरी गोल गरे । पहिलो हाफ १–० को नतिजामा सकियो ।
दोस्रो आफको १० मिनेटभित्र नेपालले २ गोल गर्यो । खेलको ५६ औं मिनेटमा निराजन धामीको गोलमा नेपालले खेललाई १–१ को बराबरीमा पुर्यायो । खेलको ५६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गरे । यो सँगै नेपालले सिरिया विरुद्ध २–१ को अग्रता बनायो। निराजन र सुमित दुवै राष्ट्रिय टोलीका पनि सदस्य हुन् । तर नेपालले यो अग्रता जिगाउन सकेन ।
७७ औं मिनेटमा अलि अलरिनाको गोलमा सिरयाले खेललाई २–२ को बराबरीमा पुर्यायो । यसपछि ८१ औं मिनेटमा कप्तान मोहमाउद अलस्वादको गोलमा सिरियाले फेरि खेलमा ३–२ को अग्रता बनायो । यसअघि मोहमाउद नायफले अर्को गोल थप्दा सिरियाले नेपाल विरुद्ध ४–२ को जित निकाल्यो । सिरियाको यो दोस्रो जित हो । उसले ६ अंक बनाएको छ । उसले यसअघि पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो । नेपाल पहिलो खेलमा पनि घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।
सन् २०२६ को साउदी अरेबियामा हुने यु–२३ एसियन कप छनोटको लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गरेका छन् । ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ४ टोली रहेका छन् । प्रत्येक समूहको विजेता एसियन कपमा छनोट हुनेछ । साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछ । साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भैसकेको छ । एसियन कपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व