
काठमाडौं । मुम्बई इन्डियन्सका तिलक वर्माले विस्फोटक शतक प्रहार गरेपछि मुम्बईले गुजरात टाइटन्समाथि ९९ रनको शानदार जित निकाल्दै लगातार चार खेलको हारको श्रृंखला अन्त्य गरेको छ । अहमदाबादमा सोमबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो।
२ सय रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा १ सय रनमै समेटियो । मुम्बईलाई ठूलो स्कोरतर्फ लैजान तिलक वर्माले अविजित १ सय १ रन बनाए। उनले ४५ बलमा शतक पूरा गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए ।
सुरुआती २० बलसम्म उनले एकपटक पनि बाउन्ड्री नहाने पनि अन्तिम ओभरहरूमा विस्फोटक ब्याटिङ गर्दै मात्र अन्तिम ६ ओभरमा ८२ रन जोडे । उनको यो शतक मुम्बईका लागि सबैभन्दा छिटो शतकहरूमध्ये एक हो। यसअघि सन् २००८ मा सनथ जयसूर्याले ४५ बलमै शतक बनाए । मुम्बई सुरुआतमा दबाबमा थियो। टोली ४४ रनमै ३ विकेट गुमाएर संकटमा परेको थियो। त्यही बेला नमन् धिरले महत्वपूर्ण इनिङ्स खेल्दै ३२ बलमा ४५ रन जोडे र टोलीलाई सम्हाले ।
गुजरातका बलर मोहम्मद सिराज र कागिसो रबाडाले सुरुआतमा राम्रो बलिङ गरे। सिराजले ३ ओभरमा १५ रन दिए भने रबाडाले डेनिस मालेवार, क्विन्टन डी कक र सूर्यकुमार यादवलाई आउट गर्दै मुम्बईलाई दबाबमा राखेका थिए। रबाडाले ४ ओभरमा ३ विकेट लिए । तर अन्तिम ओभरहरूमा तिलकले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै बदलिदिए। उनले प्रशिध कृष्णा र अन्य बलरमाथि लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई १ सय ९९ रनसम्म पुर्याए ।
जवाफमा गुजरातको सुरुआत राम्रो हुन सकेन। मुम्बईका तेज बलर जसप्रित बुमराहले पहिलो बलमै साई सुदर्शनलाई आउट गर्दै टोलीलाई सुरुआती सफलता दिलाए। त्यसपछि हार्दिक पाण्ड्याले जोस बटलरलाई एल्बीडब्ल्यू आउट गरे । मिचेल सान्टनरले एकै ओभरमा वासिङ्टन सुन्दर र ग्लेन फिलिप्सलाई आउट गरेपछि गुजरात थप दबाबमा पर्यो। त्यसपछि अश्वनी कुमारले ४ विकेट लिँदै गुजरातको इनिङ्स धराशायी बनाए। अन्त्यमा एएम गजनफरले मोहम्मद सिराज र कागिसो रबाडालाई एकै ओभरमा आउट गर्दै गुजरातलाई १ सय रनमै समेटे । रोचक कुरा के भने मुम्बईका तिलक एक्लैले बनाएको १ सय १ रन गुजरातको सम्पूर्ण टोलीको स्कोरभन्दा पनि बढी रह्यो।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै