
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ र बिक्रीदर १९१ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १५ पैसा र बिक्रीदर २२ रुपैयाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९४ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह