देउवा दम्पतिको टाउकोको पछाडि धारिलो हतियार प्रहार, उपचार हुँदै

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. आरजु राणा खतरामुक्त रहेका छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको छ । देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले मंगलबार कुटपिट गरेका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार दुबै जनाएको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ । दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ ।

आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ काठमाडौं एक अस्पतालमा लखेर उपचार गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार