
काठमाडौं । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात क्षेत्रमा फेरि जीवन भर्नुपर्ने आग्रह गरिएको छ।
महासंघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ भने आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।
महासंघले विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्ति समेत गम्भीर रूपमा प्रभावित भएको उल्लेख छ। यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा संकट ल्याएको र सर्वसाधारण नागरिक असाधारण कठिनाइमा परेको पनि महासंघले जनाएको छ।
महासंघले कानूनसम्मत रूपमा कर तिर्ने र रोजगारी सिर्जना गर्ने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानूनी सुरक्षा दिनुपर्ने माग गरेको छ। साथै आन्दोलनका कारण दैनिक नोक्सानी व्यहोर्न बाध्य भएको यस क्षेत्रमा राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था तत्काल गर्नुपर्ने जोड दिएको छ।
जेन जी पुस्ताले उठाएका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गर्दै महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालनमा ल्याउन र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छ ।












समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला