
काठमाडौं । भाटभटेनी सुपरमार्केटले दुखद क्षणबाट गुज्रिएपनि अझै आशा नहराएको जनाएको छ । जेनजी आन्दोलनमा आन्दोलनकारीेले भाटभटेनीको विभिन्न शाखामा आगजनी, तोडफोड, लुटपाट मच्चाउँदा अर्बौंको क्षति भएको छ ।
व्यवसायी मीन बहादुर गुरूङले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको भाटभटेनीहरू अब पुन सञ्चालन हुन्छ हुँदैन भन्ने सशंय उत्पन्न भइरहेको बेला सुपरमार्केटले अझै आशा बाँकी रहेको बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ब्रान्चमा सामान चोरी, लुटपाट, आगजनीको भिडियो राख्दै सबैको साथले उठ्ने साहस दिइरहेको उल्लेख गरेको छ । पसलहरू ध्वस्त भएपनि सबैको साथले अझ माथि उठ्न मजबुत महसुस गरिरहेको बताएका छन् ।
अहिले जलेका भाटभटेनीमा हजारौं सहयोगी हातहरूलेसफा गर्न मद्दत गरिरहेको,आँसु पुसिरहेकाले फेरि आफूहरूलाई उठ्न शक्ति दिइरहेको बताएको छ। भाटभटेनी फेरि उभिने आशा राखेको छ । सबैको साथले भविष्यलाई अझ उज्वल बनाउने भाटभटेनीले आशा राखेको छ ।













समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै