नयाँ नेपाल निर्माणको अभियानमा जुट्न नेपाल शेर्पा संघको आग्रह

काठमाडौं । नेपाल शेर्पा संघले नयाँ नेपाल निर्माणको अभियानमा जुट्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनबाट भएको क्षतिबाट अघि बढ्नका लागि नयाँ नेपाल निर्माणको अभियानमा जुट्न आग्रह गरेको हो ।

संघले भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको आन्दोलन, त्यसपछि उत्पन्न परिस्थिती र घटनाक्रमको नेपाल शेर्पा संघ, सिंगो शेर्पा समुदायले गम्भिरतापूर्वक नियली रहेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समावेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

आन्दोलनका क्रममा राज्यको विभिन्न भौतिक संरचना, व्यक्तिगत सम्पती तथा व्यापारिक केन्द्रहरु, सञ्चारगृहहरुमा भएको आगजनी, तोडफोड गरी अपूरणीय क्षति पुगेकोमा गहिरो दुःख व्यक्त गर्दछ । मुलुकको यस विषम परिस्थितीमा सबै पक्ष संयमित भई उत्पन्न परिस्थितीको सामना, समस्याको समाधान र सहिमार्ग निर्देशका उपायहरु खोजि गर्नुपर्ने बेला आएको छ । आन्दोलनका क्रममा उठेका ‘जेनजी’ मागहरु संबोधन गर्दै संविधानसभाबाट जारी भएको संविधानले स्थापित गरेको धर्म निरपेक्षता, संघीयता, पूर्ण समानुपातिक समावेशिता, पहिचान, आदिवासी जनजातिहरुको भाषिक, सांस्कृतिक र आत्मनिर्णयको अधिकारलाई सुरक्षित र सुनिश्चित गर्दै अघि बढ्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

यथास्थितीबादी, पुरातनवादी शक्तिहरु र सदियौंदेखि राज्यसत्तामा हालिमुहालि गरीरहेका वर्गले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न चिन्हहरु उठाई संक्रमणकालको फाइदा उठाउने षड्यन्त्रहरु भै राखेका छन् । यसखाले प्रपञ्चका विरुद्ध आम उत्पीडित हिमाली आदिवासी शेर्पा समुदाय एकढिक्का भई प्रतिवाद गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै जेन्जी पुस्ताले उठाएका माग र आन्दोलनको मार्ग निर्देशन अनुरुप तत्काल मुलुकलाई निकास दिनु अहिलेको आवश्यकता हो ।

भ्रष्टाचारको विरुद्धमा शुरुवात भएको यो आन्दोलन विगतको भन्दा फरक र सकारात्मक छ । परिवारवाद, एकतन्त्रिय व्यवस्था र मानसिकताको विरुद्धमा पनि यो आन्दोलन हो । यस आन्दोलनको जगमा टेकेर न्यायिक, प्रशासनिक लगायत क्षेत्रको व्यापक पुनः संचरना गर्न सक्नुपर्दछ । सदाचार, विधिको शासन र समानताको पक्षमा शेर्पा समुदायले पनि विगत लामो समयदेखि आवाज उठाउँदै आएका थिए । विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरुको जगमा टेकेर विद्यामान अवस्थाको व्यापक परिवर्तनको मार्ग प्रशस्त भएको छ । यसतर्फ आम शेर्पाहरु ‘जेन्जी’ र परिवर्तनकामीहरुको पक्षमा रहनेछ ।

शेर्पा समुदाय विगतले प्रशासनिक, भौगोलिक रुपमा समेत उत्पीडनमा परेको जाति हो । मुलुकलाई समृद्धतर्फ डोहोर्याउने क्रममा पर्यटन प्रर्बद्धन, पर्वतारोहण लगायत विभिन्न क्षेत्रबाट शेर्पा समुदायले योगदान र अहम भूमिका निर्वाह गरी रहेको छ । यस परिप्रेक्षमा शेर्पा समुदायले विगतदेखि उठाउँदै आएको राज्यमा समान पहुँच, प्रतिनिधित्व र सम्मानजनक उपस्थितीका सन्दर्भमा जेन्जी पुस्ता, नयाँ नेतृत्व र पहलकर्ताहरु समेत गम्भिर हुन आग्रह गर्दछ । विभिन्न सन्धीसम्झौताहरु, आईएलओ १६९ को कार्यान्वयन मार्फत आम आदिवासीहरुको अधिकारलाई स्थापित गर्ने, सबै वर्ग लिङ्ग र समुदायलाई अपनत्व महशुस हुने गरी नयाँ नेपालको खाका कोर्न र नयाँ नेपाल निर्माणको अभियानमा जुट्न समेत सम्पूर्ण प्रति यसै प्रेस नोटमार्फत अपिल गर्दछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार