जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्यु भएकाहरुको भदौ २९ गते मणिमोलम गरिने

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्युभएकाहरुको भदौ २९ गते मणिमोलम गरिने भएको छ । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा यहीँ आइतबारका दिन मणिमोलम गरिने भएको हो ।

भदौ २३ र २४ गते जेनजी नामक युवाहरु र सुरक्षाकर्मिको दोहोरो भिडन्तमा परी हालसम्म ५१ जनाको मृत्यु भएको छ । मृतक आत्मको चिरशान्तिको कामना गर्नको लागी छ्योमे बालेर मणिमोलम गर्न लागिएको संस्थाका महासचिव नुर्बु शेर्पाले जानकारी दिए । कार्यक्रम दिउसो १ बजे सिन्धुपाल्चोक शेर्पा समाज सेवा गुम्बामा आयोजना हुने छ ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कार्यसमिति र छ्योए ग्रुपका साथीहरूलाई उपस्थितिको लागि आग्रह गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार