
महोत्तरी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै महोत्तरीको जनजीवन आजदेखि सामान्य बनेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको हो ।
स्थानीयको चहलपहल बढेको छभने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको छ । यसैबीच, जेनजीको आन्दोलनका कारणमा जलेश्वर कारागारबाट भागेका चार सय ७६ कैदीबन्दी अझै फर्किएका छैनन् । गत मङ्गलबार राति जलेश्वर कारागारबाट पाँच सय ७६ कैदी फरार भएका थिए । एक सय जना कैदीबन्दी मात्र फर्केर आएका छन् भने चार सय ७६ कैदीबन्दी अझै फरार नै रहेका जेलर अशोक क्षेत्रीले जानकारी दिए ।
बुधबार कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म चार भारतीयसहित एक सय जना कारागारमा आइसकेका र अझै आउने क्रम जारी रहेको उनले बताए । भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी रिसालले बताए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना