
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मन्त्रिपरिषद्मा पेस गरिएका तर निर्णयमा नपुगेका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको मन्त्रिपरिषद्मा टेबल भएका एजेन्डा कार्यान्वयन नगरी सम्बन्धित मन्त्रालयमै पठाउने निष्कर्ष निकालेको हो।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार, ओली नेतृत्वको सरकारले अघि सारेका प्रस्तावहरूमध्ये कैयौं विषय मन्त्रिपरिषद्को औपचारिक निर्णयमा नपुगेको पाइएकाले अब ती विषय मन्त्रालयमै फर्काइनेछन्। यस निर्णयसँगै ती प्रस्तावहरूलाई नयाँ सरकारको प्राथमिकता र दृष्टिकोणअनुसार फेरि परामर्श गरी आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट भएको छ।
सरकारको तर्फबाट जारी गरिएको जानकारीमा भनिएको छ, “मन्त्रिपरिषद्मा पेस भए पनि निर्णय नभएका प्रस्तावहरू फिर्ता गरेर मन्त्रालयमार्फत नयाँ ढंगले अध्ययन, छलफल र प्रक्रियामा लैजान सकिने व्यवस्था गरिएको छ।” यसले गर्दा पुराना प्रस्तावहरूलाई अन्धाधुन्ध कार्यान्वयन गर्नेभन्दा सुधारसहित अघि बढाउने बाटो खुल्ने सरकारी धारणा रहेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम