
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको हकप्रद सेयरमा आवेदन दिने अवधि दोस्रोपटक पनि बढाइएको छ । कम्पनीले प्रारम्भिक रूपमा आवेदन दिन भदौ २३ गते अन्तिम मिति तोकेको थियो ।
तर, पर्याप्त आवेदन नआएपछि म्याद बढाउँदै भदौ ३१ गतेसम्म पु¥याइएको थियो। हालै देशभर देखिएको जेन–जी आन्दोलनका कारण कारोबारमा परेको असरलाई मध्यनजर गर्दै कम्पनीले पुनः असोज ६ गतेसम्म म्याद थप्ने निर्णय गरेको हो ।
खानीखोला हाइड्रोले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। यसअनुसार ४६ लाख ५७ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ ।
यस प्रयोजनका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। त्यसअघि असार २६ गतेसम्म कायम भइसकेका सेयरधनीहरूले मात्र जारी भएको हकप्रदमा आवेदन दिन सक्नेछन्।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि