
काठमाडौं । युवा पर्यटन व्यवसायी नवराज अम्बाइले गत भदौ २३ र २४ को आन्दोलनमा जलेर ध्वस्त भएको ‘सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं’ भन्दै राष्ट्रिय अभियानको घोषणा गर्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जलेको सिंहदरबारको फोटो राख्दै उनले राष्ट्रिय अभियान घोषणा गर्न सकिने बताएका हुन् ।
सोमबार बेलुकी फेसबुकमा सिंहदरबारको दनदनी बलिरहेको तस्वीर सार्वजनिक गर्दै उनले यसको पुनःनिर्माण कोष बनाउनुपर्ने र जसका लागि आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेका छन् । उनले प्रधानमन्त्री सुशिला कार्कीलाई सिंहदरबार पुननिर्माण कोष स्थापना गर्न आग्रह गरेका छन् । “सिंहदरबार नेपालीले नै पुनःनिर्मण गरौं” ठमेलका व्यवसायी अम्गाईले फेसबुक स्टेटसमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “प्रधानमन्त्रीज्यूले पुननिर्माण कोष स्थापना गर्नुभयो भने मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग निश्चित छ ।”
सबैले आवाज उठाऔं, जुटेर सहयोग गरौं भन्ने आह्वानसमेत अम्गाईले गरेका छन् । अम्गाईको यो अभियानमूलक सन्देशलाई समर्थन गर्दै सयौंले लाइक र कमेन्ट गरिरहेका छन् । कमेन्ट गर्ने अधिकांशले यो अभियानलाई सार्थक तुल्याउन लाग्नुपर्ने भन्दै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको देखिन्छ । यो पोष्टलाई आफ्नो प्रोफाइलमा धेरैले शेयर पनि गरिरहेका छन् ।
भ्रष्टाचारको अन्त्य र सुशासनलगायतको माग राखेर जेनजी पुस्ताले छेडेको आन्दोलनको आधिवेहरीले ल्याएको परिवर्तन र भर्खरै बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागि मन्त्री मण्डलको पदबहालीसँगै कार्यप्रारम्भ जुन हिसाबले भएको छ, त्यसले निश्चय पनि केही सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । त्यसैको एक अंशको रुपमा एक सच्चा नेपाली नागरिकको हिसाबले अम्गाईले सुरुवात गरेको यो अभियानले ढिलोचाँडो ठोस आकार लिने धेरैको विश्वास छ ।














समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह