
काठमाडौं । भोलिदेखि खुल्ने भनेको सेयर बजार पर्सि (बिहीबार) मात्रै खुल्ने भएको छ । अन्तरिम सरकारले भोलि शोक बिदा दिएकाले सेयर बजार असोज २ गते बिहीबारदेखि मात्रै खुल्ने भएको हो ।
जेनजीको आन्दोलनपछि नेप्सेले यसअघि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो । तर अहिले अवस्था सामान्य भएकोले भोलि (बुधबार) देखिनै बजार खुला हुने भनिएको थियो । सोमबारको मन्त्रीपरिषद् बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरेसँगै बजार एक दिन पछि खुल्ने भएको हो ।
जेनजीको आन्दोलनका कारण भदौ २४ गते यता सेयर बजार बन्द रहेको छ । सरकारको शोक बिदा पछि यो साता बजार एक दिन मात्रै खुल्ने भएको हो । योसँगै दशैँ अघि बजार ६ दिन मात्रै खुल्ने भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम