
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म रु चार अर्ब २१ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । यसमा आन्तरिक आयतर्फ २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान रु ७५ करोड ३९ लाख ९८ हजार प्राप्त भएको महानगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्यअनुसार २७.८६ प्रतिशत र आन्तरिकतर्फ २६.४४ प्रतिशत प्रगति भएको उनले बताइन् । महानगरले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ ।
यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख प्राप्त गर्ने लक्ष्य राखिएको छ । महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु जनिएको रु २६ करोड ३९ लाख ५१ हजार ७३४ नियमित समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८ औँ कार्यपालिका बैठकले गरिसकेको छ ।
आव २०७३/०७४ देखि २०८०/०८१ सम्मको फछ्र्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनुपर्ने रु २२ करोड ७५ लाख ५१ हजार ७२३ र समपरीक्षणका लागि प्राप्त रु तीन करोड ६४ लाख ११ रहेको उनले बताइन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू