
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सरकारले कुनै कमी नराखी काम गरिरहेको बताएका छन्।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सरकारले नेपाललाई ग्रे लिष्टबाट हटाउने मात्र होइन, भविष्यमा कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी कार्यहरू अघि बढाइरहेको स्पष्ट पारे। उनले भने, ‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ। ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन, फेरि कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी कामकारबाही अघि बढाइरहेका छौँ। यसका नतिजाहरु क्रमश: आउनेछन्।’
उनका अनुसार ग्रे लिष्टमा परेका कारण अन्तरदेशीय वित्तीय कारोबार, विप्रेषण, व्यापार, विदेशी लगानी तथा देशको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्न सक्ने भएकाले सरकार त्यसको प्रभाव न्यूनीकरण गर्दै यथासक्य छिटो सुधारात्मक कार्ययोजना लागू गरिसकेको छ। ‘ग्रे लिष्टका कारण मुलुकले प्राप्त गर्ने वैदेशिक ऋण, अनुदान, सहायताजस्ता लगानीमा प्रतिकूल असर पर्नसक्ने भएकाले सोको प्रभाव कम गर्न र यथासक्य छिटो मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकार संवेदनशील रहेको र सोही बमोजिम शीघ्र सुधारात्मक कार्ययोजना बनाइ प्राथमिकताका साथ कार्यान्वयनमा लगिएको छ’, उनले भने।
त्यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण एक विश्वव्यापी साझा प्रयास भएको उल्लेख गर्दै उनले यस्तो अपराधले राज्यलाई नै चुनौती दिन सक्ने बताइरहेका थिए। उनका अनुसार गम्भीर आर्थिक अपराधहरूको नियन्त्रण नेपाल मात्र होइन, विश्वभरका मुलुकहरूको सामूहिक चासोको विषय भएको बताए।











समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ