काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ बिहिबार बिहान बाँडफाँटको तयारी गरिएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आईपीओमा २२ लाख ५३ हजार २५४ जनाले आवेदन दिएका थिए । जसमा १ लाख ७० हजार १५० जनाले मात्रै १०।१० कित्ता सेयर हात पार्नेछन् । २० लाख ८३ हजारको हात भने रित्तो हुनेछ ।