
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारका समस्या पहिचान गरी सुधारका सुझाव दिने उद्देश्यले चार सदस्यीय कार्यदल गठन गरेका छन्।
पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो।
कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्ने छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदल ४ सदस्यीय रहेको छ । कार्यदलको सदस्यको रुपमा नेपाल राष्ट्रबैंकका निर्देशक शरण अधिकारी,नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरञ्जन फूयाँल सदस्यको रुपमा रहेका छन् । कार्यदलको सदस्य सचिवमा चाहिँ अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।
कार्यदलले प्रस्तुत गर्ने योजनामा बजार नियमन,लगानीकर्ता संरक्षण, प्रविधि सुधार तथा वित्तीय जानकारीको पारदर्शिता सुनिश्चित गर्ने उपायहरू समेटिनेछन्। यो पहलले पूँजी बजारको दीगो विकास र आम लगानीकर्ताको हितमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि