
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो । नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पारेका छन् ।
जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले उनलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्की पनि यसअघिका प्रमुख हुतराज थापाकै ब्याचमेट हुन् । मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन