
काठमाडौं । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३२८ वटा कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर खरिदबिक्री भएको छ । यता, कारोबार रकम भने आइतबारको तुलनामा ३ अर्ब ८८ करोडले घटेको छ । उक्त रकम घटेर ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।
यसदिन बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब १ करोड रुफैयाँ पुगेको छ । मंगलबार सबै उप-समूह बढेका छन् । वाणिज्य बैंक १९.२३ अंक, विकास बैंक १६७, वित्त ५०.३२, होटल तथा पर्यटन १७८, हाइड्रोपावर ११२, लगानी २ , जीवन बीमा २८७.४९, उत्पादन तथा प्रशोधन ८२.३१, लघुवित्त १२६, म्युचल फण्ड ०.१२,अन्य समूह ६१.४० र निर्जीवन बीमा ३८२.२६ अंकले बढेको छ ।
यस दिन नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । त्यसपछि, यूनिभर्सल पावर कम्पनी , हिमालयन डिस्टिलरी लिमिटेड, शिवम सिमेन्ट्स लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर किनबेच भएको छ ।
नेपाल रिइन्स्योरेन्सको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यूनिभर्सल पावरको १८ करोड ३० लाख, हिमालयन डिस्टिलरी लिमिटेड १८ करोड १६ लाख, शिवम सिमेन्ट्स लिमिटेड १६ करोड ६४ लाख र हिमालयन रिइन्स्योरेन्सको भने १५ करोड ७२ लाख बराबर सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।














समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै