
काठमाडौं । आशिका तामाङले जेनजी आन्दोलनमा घाइते भएका र मृत्यु भएकाहरुको विषयलाई लिएर प्रधामन्त्री समक्ष ३ माग प्रस्तुत गरेकी छिन् । उनले सामाजिक सञ्जालबाट घाइतेको उपचारमा रकमको व्यस्था गर्न देखि जेनजीलाई गोली हान्नेलाई कारबाही गर्न माग गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकि छन् ‘जेनजी आन्दोलनका सहिद परिवारलाई मात्र निर्णय भएयता पनि घाइते भाइबहिनीहरूको बारेमा उचित निर्णय नभएको महसुस हुन थालेको छ । तपाईंहरू सरकारमा गएपछि पहिलो निर्णय घाइतेहरूलाई निःशुल्क गर्नु मात्र होइन, ती परिवार भौतिक, मानसिक र आर्थिक अभावको पीडाबाट गुज्रिरहेका छन् ।’ त्यस्तै सबै उपचार निःशुल्क हुँदैन, औषधि किन्नैपर्छ, ड्रेसिङ गर्न पैसा लाग्ने र बिरामी कुरुवालाई झन् समस्या, कहाँ सुत्ने, कहाँ गएर बस्ने समस्या रहेको भन्दै समस्या समाधानका लागि सरकारलाई उनले आग्रह गरेकी छिन् । उनले अधिकांश काठमाडौंमा कोठा भाडामा बस्ने, बिहान बेलुका काम गरेर खाने भाइबहिनीहरू छन् । यस्तो अवस्थामा कसरी चलेको होला ? कम्तीमा ३ महिनासम्म राम्रोसँग काम गर्न सक्ने छैनन् । यसको बारेमा सोच्न पर्दैन? भन्दै प्रश्न गरेकी छन् ।
यस्ता छन् उनका माग
१. तत्काल घाइते परिवारलाई १ लाख सम्म उपलब्ध गराइयोस्।
२. घाइते र वीरगति प्राप्त भाइबहिनीहरूको सम्पूर्ण विवरण सार्वजनिक गरियोस्।
३. ती निर्दोष भाइबहिनीहरूलाई गोली हान्न दिने हत्यारा अपराधीहरूलाई तुरुन्त कारबाही गरियोस्।
‘यो तत्काल गर्नुपर्ने काम हो, यो छिटो गरियोस्। कति पीडा छ ती भाइबहिनीहरूलाई, भोग्नेलाई थाहा छ कि मलाई। म फेरि भन्छु, ती घाइते भाइबहिनीको बारेमा यथाशीघ्र निर्णय लिइयोस्। भगवान पशुपतिनाथले सबैको रक्षा गरून्’ उनले भनेकी छन् ।













समाचार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने