
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेन–जेड आन्दोलनका क्रममा भएको दुःखद घटनाप्रति संवेदना प्रकट गर्दै दोषीलाई कानुनी कारबाही गर्ने दृढता जाहेर गरेकी छन् । देशबासीका नाममा गरिएको सम्बोधनमा उनले आन्दोलनकै क्रममा ज्यान गुमाएका विद्यार्थी र युवाको बलिदानलाई न्याय दिलाउने आश्वासन दिइन् ।
उनले मुलुकलाई दीर्घकालीन निकास दिन स्वतन्त्र र निष्पक्ष निर्वाचन अपरिहार्य भएको भन्दै फागुन २१ भित्रै चुनाव सम्पन्न गर्ने तयारी सरकार अघि बढाइरहेको जानकारी दिइन् । निर्वाचनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार जुटिसकेको उनले उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले १८ वर्ष पुगेका सबै नागरिकलाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको प्रष्ट पारिन् । यससँगै मतदाता नामावली अद्यावधिक गर्ने कार्य पनि सुरु भइसकेको उनको भनाइ थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो