
काठमाडौं । भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । सुपर ओभरमा पुगेको खेलमा भारतल एक बलमा नै विजयी भएको हो ।
सुपर ओभरमा जितका लागि ३ रन बनाउनु पर्ने थियो । जहाँ भारतीय कप्तान सूर्य कुमार यादबले पहिलो बलमा नै ३ रन बटुल्दै जित लिदाए । भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ब्याटिङ गर्न आएका थिए । यादवले वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो बलमै सूर्यले तीन रन बटुल्दै जित पक्का गरे । श्रीलंकाले सुपर ओभरमा दाशुन शानका र कुशल परेरालाई पठाएको थियो । पहिलो बलमै कुशल परेरा रिंकु सिंहबाट क्याच आउट भए । कामिन्दु मेन्डिसले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा डट आउट भए । त्यसपछि वाइड र चौथो बलमा दासुन शानका रन आउट भएका थिए । पाँचौं बलमा दाशुन शानका क्याच आउट भएपछि भारतले जितका लागि ३ रनको लक्ष्य पाएको थियो ।
यस अघि जितका लागि २०३ रनको विशाल लक्ष्य पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा श्रीलंकालाई जित्नलाई १२ रन चाहिँदा तीव्र गतिका बलर हर्षित रानाले ११ रन दिदै खेल सुपर ओभरमा पुर्याएका थिए । अन्तिम दुई बलमा ७ रन चाहिँदा दासुन शानकाले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुले । श्रीलंकाका ओपनर पाथुम निसांकाले ५८ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेपनि जित्नलाई पर्याप्त भएन । अन्तिम ओभरमा जित्नलाई १२ रन चाहिँदा उनी हर्षित रानाको पहिलो बलमै बरुण चक्रवर्तीबाट क्याच आउट भएका थिए ।
निसांकाले १७ औं ओभरको अन्तिम बलमा अर्शदीप सिंहलाई स्टेटमा छक्का हान्दै ५२ बलमा आफ्नो टी–२० आई करिअरको पहिलो शतक हानेका थिए । दाशुन शानका ११ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा रहे । त्यस्तै कुशल परेरा पनि टोलिका लागि ५८ रनको योगदान दिए । भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । भारतका ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । तिलक बर्माले ४९ तथा सञ्जु स्यामसनले ३९ रन बनाए । त्यस्तै अक्षर पटेलले २१ रन बनाए । श्रीलंकाका महेश थिक्सेना, दुश्मन्था चामिरा, वानिन्दु हसरंगा, दासुन शानका र चरिथ असलंकाले १–१ विकेट लिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह