
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलिले ऐतिहासिक जित निकालेको छ । दुवैमा भएको पहिलो टी–२० आई खेलमा नेपालले वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित निकालेको हो ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई पराजित गरेको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएकोछ । जितका लागि १४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।
जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए । एक समय १६.३ ओभरमा ९४–७ को दयनीय अवस्थामा पुगेको वेष्टइण्डिजलाई कप्तान अकिल हुसेन र फबिएन एलेन अन्तिम आशाको रुपमा थिए । नेपालका कुशल भुर्तेलले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।
वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ३ विकेट लिए । कप्तान अकिल हुसेनले १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम