
काठमाडौं । दशैँ अघिको अन्तिम कारोबारदिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज सेयर बजार परिसूचक ११.५१ अंकले बढेर कारोबार बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६६३.५१ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ४६२.५० विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य आज स्थि रहेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा आज २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१४ कम्पनीका ७५ लाख ११ हजार १९३ कित्ता सेयर ३९ हजार ८५९ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?