
काठमाडौं । वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत बलियो अवस्थामा देखिएको छ । अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो पारीमा १६२ रनमा रोकेको भारतले पहिलो दिनको खेल सकिदा २ विकेट गुमाएर १२१ रन बनाएको छ । याे अवस्थामा भारत ४१ रनले मात्रै पछि छ र उसकाे ८ विकेट बाँकी छ ।
टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए । उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे । सिराजले योसँगै सन् २०२५ मा विश्व टेस्ट च्याम्पियनसिपमा सबैभन्दा धेरै विकेट लिने बलर बने । कुलदीप यादवले पनि २ विकेट लिए ।
वेस्ट इन्डिजका लागि जस्टिन ग्रिभ्स सर्वाधिक ३२ रन बनाए । कप्तान रोस्टन चेजले २४ रन र शाई होपले २६ रन बनाए । जवाफमा भारतका ब्याटरले पहिलो दिनमै प्रभुत्व जमाए । भारतका लागि केएल राहुल नटआउट ५३ रन बनाएर खेलिरहेका छन् भने कप्तान शुभमन गिलले १८ रनमा साथ दिइरहेका छन् । त्यस्तै यशस्वी जयसवालले पनि टोलिका लागि ३६ रनको पारी खेले । साई सुदर्शन ७ रन आउट भए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह