
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका भित्रने तथा उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यहि असोज १७ गते देखि २० गते सम्म देशका अधिकांश स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, राष्ट्रिय विपद् जोखिम नियूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा राजमार्ग लगायतका जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भूक्षय जस्ता विपदजन्य घटनाहरू हुन सक्ने सम्भावना भएको भनी सूचना जारी गरिसकेको छ । यस्तो अवस्थामा जोखिमपूर्ण यात्रा नगर्न विभागले आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘अत्यावश्यक अबस्था बाहेक उक्त अवधिमा लामो तथा जोखिमपूर्ण यात्रा नगर्नु हुन साथै, उल्लेखित अवधि भर काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिर जिल्लाहरूबाट काठमाडौं प्रवेश गर्ने यात्रु महानुभावहरू र यातायात व्यवसायीहरूले अत्यावश्यक अवस्थामा बाहेक रातको समयमा जोखिमपूर्ण सडकमा यात्रा नगर्न÷नगराउनु हुन अनुरोध छ ।’
यात्रा एवं सडकको अवस्थाका बारेमा कुनै प्रकारको जानकारी आवश्यक परेमा नजिकको प्रहरी चौकी वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा सम्पर्क गरी सूचना लिनु समेत अनुरोध गरिएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना