
काठमाडौं । दशैँ बिदा पछि खुलेको सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । असोज १२ गतेपछि पहिलो पटक खुलेको बजरमा ५८.५५ अंकको गिरवाट आएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६०४.९६ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा २.१९ प्रतिशतले कम हो । आज सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको मात्रै बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन बजारममा साढे ४ अर्ब माथिको कारोबार भएको छ ।
आज ३२६ कम्पनीका १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर ५५ हजार ४५० पटक खरिद बिक्री हुँदा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा गिरावट आए पनि एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह