काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको विनिमय स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलरको सटही सोही दरमा भएको थियो ।
त्यस्तै आज यूरोको मूल्य बढेको छ । आज एक युरोको खरिददर १४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ १९ पैसा रहेको थियो । आज युके पाउन्ड स्ट्रलिङको विनियमदर पनि बढेको छ । आज एक पाउण्डको खरिददर १७५ रुपैयाँ १६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८५ पैसा रहेको थियो ।
त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ १५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
आज दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।